सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
बाँके । बाँके क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी दिएका सूर्य रेग्मीले नेपाली कांग्रेसका उम्मेदवार अमर सिंह पुनलाई समर्थन गर्ने घोषणा गरेका छन्।
रेग्मीले पुनलाई समर्थन गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
उनलाई नेपाली कांग्रेस बाँके -३ उम्मेदवार तथा लुम्बिनी प्रदेश सभापति पुन, नेपाली कांग्रेस बाँकेका सदस्य आशिष काफ्ले तथा तरुण दलका नेता केशर खड्काले पार्टीमा स्वागत गरेका हुन्।
रेग्मीको कांग्रेस प्रवेशसँगै बाँके क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेस थप बलियो हुने विश्वास पार्टी नेताहरूले व्यक्त गरेका छन्।