निर्वाचन लक्षित काँग्रेसको अगुवा कार्यकर्ता भेला, विश्वप्रकाश शर्मा भोलि नेपालगन्ज आउदै

सोमबार, माघ २६, २०८२

नेपालगन्ज। प्रतिनिधि सभा सदस्य निर्वाचनका सन्दर्भमा नेपाली काँग्रेसले केन्दीय नेताहरुलाई जिल्ला—जिल्लामा खटाएको छ । यसैक्रममा काँग्रेस उपसभापति विश्वप्रकाश शर्मा भोलि नेपालगन्ज आउन लागेका हुन् ।

निर्वाचन परिचालन प्रचारप्रसार मुल समितिका अनुसार भोलि मंगलबार नेपालगन्जमा आयोजना अगुवा कार्यकर्ता भेलालाई उपसभापति शर्माले सम्बोधन गर्नु हुनेछ । नेपालगन्जको वीपी चोकदेखि पश्चिममा रहेको लिला प्यालेसमा बिहान ११ बजे कार्यक्रम आयोजना हुने नेपाली काँग्रेस, बाँकेका कार्यवाहक उपसभापति गोपालप्रसाद अधिकारीले जानकारी दिए ।

कार्यक्रममा जिल्लास्तरीय अगुवा कार्यकर्ताहरुका साथै पार्टीका विभिन्न तहमा रहने नेता तथा कार्यकर्ताहरुको सहभागगिता रहने जनाइएको छ ।

प्रकाशित मिति: सोमबार, माघ २६, २०८२  १८:००
प्रतिक्रिया दिनुहोस्