बाँके–२ मा सुधान्सुको लोकप्रियता उकालो, युवादेखि आम मतदाताको रोजाइ: मल्ल

आइतबार, माघ २५, २०८२
Honor 600 pro

बाँके । बाँकेका सामाजिक अभियन्ता तथा युवा आशिष मल्ल ठकुरीले बाँके–२ बाट नेपाली कांग्रेसका उम्मेदवार सुधान्सु कोइरालाप्रति खुलेर समर्थन रहेको बताएका छन्। बाँके–२ लाई नजिकबाट नियालिरहेका मल्लले यसपटक सुधान्सुलाई भव्य जनसमर्थन प्राप्त हुने दाबी गरेका छन्।

उनका अनुसार युवाहरूको आशा, भरोसा र जेन–जी पुस्ताको सपना तथा भावनालाई आत्मसात गर्दै चुनावी मैदानमा होमिएका सुधान्सु केवल युवामात्रै होइन, आम मतदाताको रोजाइ बन्दै गइरहेका छन्।

सुधान्सुप्रति बढ्दो जनसमर्थन मल्लको भनाइमा मात्र सीमित नभई आम नागरिकको समेत साझा धारणा रहेको उनले बताए। मल्ल भन्छन्, “कसैलाई समस्या पर्दा घरमै पुग्ने मात्र नभई बिरामीको अवस्था बुझ्न तुरुन्त अस्पतालसम्म पुग्ने सुधान्सु सहासी, विकासप्रेमी र सहयोगी नेताका रूपमा चिनिनु नै उनको सबैभन्दा ठूलो विशेषता हो।”

बाँके–२ का विभिन्न स्थानमा पुगेर मतदातासँग गरिएको छलफलका क्रममा अधिकांश नागरिकले यसपटक क्षेत्रको विकासका लागि सुधान्सुलाई जिताउन आतुर रहेको प्रतिक्रिया दिएको मल्लले जानकारी दिए।

आँटिलो स्वभाव, सहयोगी भावना, विकासप्रतिको प्रतिबद्धता र इमानदारीपनका कारण सुधान्सुलाई आम जनताले खोजेको र यसपटक व्यापक रूपमा रोज्ने वातावरण बनेको मल्लको भनाइ छ।

प्रकाशित मिति: आइतबार, माघ २५, २०८२  ११:५२
प्रतिक्रिया दिनुहोस्