सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौँ । टी–२० विश्वकप क्रिकेटको दोस्रो खेलमा वेष्ट इन्डिज विजयी भएको छ । वेष्ट इन्डिजले स्कटल्याण्डमाथि ३५ रनको सहज जित हासिल गरेको हो ।
भारतको इडेन गार्डेनमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले ५ विकेटको क्षतिमा १८२ रन बनायो । शिमरन हेटमायरले ३६ बलमा ६४ रन बनाए । त्यस्तै ब्रान्डन किंगले ३० बलमा ३५ रन बनाए । ब्राड क्युरीले २ विकेट लिए ।
जवाफमा स्कटल्याण्डले १८ ओभर ५ बलमा अलआउट हुँदै १४७ रन बनायो । कप्तान रिच्चि ब्रिङटनले सर्वाधिक ४२ रन बनाए ।
रोमारियो शेफर्डले २० रन खर्चेर ५ विकेट लिए । त्यस्तै जासन होल्डरले ३ विकेट लिए । यो समूह सीको खेल हो ।
आजको तेस्रो खेलमा भारत र अमेरिका भिड्दै छन् । यो खेलमा भारतको वाङ्खेडे मैदानमा हुँदैछ ।