टी–२० विश्वकप आजदेखि शुरू, उद्घाटन खेल पाकिस्तान र नेदरल्याण्ड्सबीच

शनिबार, माघ २४, २०८२

काठमाडौँ । आजदेखि  टी–२० विश्वकप क्रिकेट प्रतियोगिता शुरू हुँदैछ । विश्वकप भारत र श्रीलंकाको संयुक्त आयोजनामा हुन लागेको हो ।विश्वकपको आजको उद्घाटन खेल पाकिस्तान र नेदरल्याण्ड्सबीच हुँदैछ । खेल  आज बिहान ११ः१५ बजेदेखि श्रीलंकाको कोलम्बोमा हुनेछ । यो समूह एको खेल हुनेछ । 

दोस्रो खेलमा आजै दिउँसो ३ः१५ बजे स्कटल्याण्ड र वेष्ट इन्डिजबीच हुनेछ । यो खेल भारतको इडेन गार्डेनमा हुनेछ । यो समूह सीको खेल हुनेछ । 

त्यस्तै तेस्रो खेलमा भारत र अमेरिका भिड्ने छन्। यो खेलमा भारतको वाङ्खेडे मैदानमा बेलुकी ७ः१५ बजेदेखि शुरू हुनेछ । 

नेपालको भिडन्त भने भोलि हुनेछ । नेपालले पहिलो खेल इङ्गल्याण्डसँग खेल्नेछ । नेपाल समूह सीमा रहेको छ । नेपालको समूहमा इङ्गल्याण्डसँगै इटाली, स्कटल्याण्ड र वेष्ट इन्डिज रहेका छन् । 

समूह एमा भारत, पाकिस्तान, नेदरल्याण्ड्स, अमेरिका र नामिबिया रहेका छन् ।  समूह बीमा अष्ट्रेलिया आयरल्याण्ड, ओमान, श्रीलंका र जिम्बाब्वे रहेका छन् । समूह डीमा अफगानिस्तान, क्यानाडा, न्यूजिल्याण्ड, दक्षिण अफ्रिका र यूएई रहेका छन् । 

प्रकाशित मिति: शनिबार, माघ २४, २०८२  ०९:५२
प्रतिक्रिया दिनुहोस्