राप्ती सोनारीमा कृषकका लागि आलु शीत भण्डारण सुविधा सुरु

मंगलबार, माघ २०, २०८२

बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिकाले कृषकहरुका लागि शीत भण्डारमा आलु भण्डारणको सुविधा ल्याएको छ। 

Honor x5c

राप्ती सोनारी गाउँपालिकाले आज एक सूचना जारी गर्दै वडा नं. १ देखि ९ सम्मका कृषकहरूले उत्पादन गरेका आलु शीत भण्डारण गर्न सक्ने व्यवस्था गरिएको जनाएको छ।  गाउँपालिकाको वडा नं. ४ को रामकुट्टीमा निर्माण गरिएको शीत भण्डारमा आलु भण्डारण गर्नका लागि राप्ती सोनारी गाउँपालिका वडा नं. स्थित  साकार कृषि सहकारी संस्था लिमिटेडबीच सम्झौता भइसकेको राप्ती सोनारी गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाका अनुसार आलु भण्डारण गर्न इच्छुक कृषकहरूले राप्ती सोनारी गाउँपालिका कृषि शाखा तथा साकार कृषि सहकारी संस्था लिमिटेडमा सम्पर्क गर्न सकिनेछ। इच्छुक कृषकहरुलाई सम्पर्क गर्नका लागि राप्ती सोनारी गाउँपालिका कृषि शाखाको   ८५८०४१४१२, ९८५७८५४१८५, ९७६७६०२५५३  तथा साकार कृषि सहकारी संस्थाको ९८४८२६०५०० र ९८५८०८७७४१ नम्बर उपलब्ध गराइएको गाउँपालिकाको सूचनाआ उल्लेख गरिएको छ।

राप्ती सोनारी गाउँपालिका कृषि शाखा प्रमुख महेन्द्र खड्काले शीत भण्डारण सुविधाले कृषकहरूलाई आलु सुरक्षित राख्न र उचित समयमा बजार व्यवस्थापन गर्न सहयोग पुग्ने बताए।

प्रकाशित मिति: मंगलबार, माघ २०, २०८२  १८:२३
प्रतिक्रिया दिनुहोस्