लुम्बिनी प्रदेशमा भोलि सार्वजनिक बिदा

मंगलबार, माघ २०, २०८२
Honor 600 pro

दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापनाको ८औँ वार्षिकोत्सवको अवसरमा भोलि सार्वजनिक बिदा दिने घोषणा गरेको छ।

प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको सूचनाअनुसार, प्रदेश सभाको पहिलो बैठक बसेको दिनलाई लुम्बिनी प्रदेश स्थापनाको रूपमा मान्यता दिँदै सो अवसरमा बिदा दिएको हो।

यस वर्ष लुम्बिनी प्रदेश स्थापनाको ८औँ स्थापना दिवस भव्य रूपमा मनाइने तयारी भइरहेको छ।

प्रकाशित मिति: मंगलबार, माघ २०, २०८२  १२:५२
प्रतिक्रिया दिनुहोस्