सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
लुम्बिनी । विद्यार्थी बोकेको बस दुर्घटना हुँदा एक दर्जन विद्यार्थी घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार रुपन्देहीको ओमसतिया–४ बसन्तपुरमा लु १ ख ८६७५ नम्बरको बस आज बिहान दुर्घटना हुँदा एक दर्जन विद्यार्थी घाइते भएका हुन् ।
आज बिहान परासीबाट विद्यार्थी लिएर फर्किंदै गरेको बस बसन्तपुर टोलगेट नजिकै ट्याक्टरसँग ठोक्किँदा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ। बिहान साढे पाँच बजे भएको दुर्घटनामा घाइतेमध्ये केही विद्यार्थीको अवस्था गम्भीर रहेको रुपन्देही प्रहरीले जनाएको छ।
रुपन्देही प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा घाइते भएका विद्यार्थीहरूलाई उपचारका लागि भैरहवा मेडिकल कलेजमा भर्ना गरिएको छ।
प्रहरीले दुर्घटना बारे थप अनुसन्धान सुरु गरेको जनाएको छ।