बाँके-३ का कांग्रेस उम्मेदवार अमर सिंह पुनको प्रचारप्रसार सचिवालय उद्घाटन

आइतबार, माघ १८, २०८२
Honor 600 pro

बाँके । बाँकेको क्षेत्र नम्बर ३ अन्तरगत  जानकी गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार अमर सिंह पुनको निर्वाचन प्रचारप्रसार समितिको सचिवालय सञ्चालनमा ल्याइएको छ।

नेपाली कांग्रेस जानकी गाउँपालिका सभापति दयाराम यादवको सभापतित्व एवम् कांग्रेस लुम्बिनी प्रदेश सभापति तथा क्षेत्र नम्बर ३ का उम्मेदवार पुनको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा शनिबार  सचिवालय उद्घाटन गरिएको हो ।

सो क्रममा उम्मेदवार पुनसहित समानुपातिक उम्मेदवार दुःखीराम लोनिया, कांग्रेस नेता एवम् लुम्बिनी प्रदेशका सांसद बादशाह कुर्मी, नेपाली कांग्रेस क्षेत्र नम्बर ३ का सभापति मोहम्मद नक्की खाँ, प्रतिनिधि सभाका निर्वतमान सांसद आशा बिक, महासमिति सदस्य लक्ष्मी नारायण शाह, उमा थापा मगर, जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँ, पार्टीका खजुरा गाउँपालिका सभापति रमेश सिंजाली, पार्टीका विभिन्न तहमा रहेका नेता तथा कार्यकर्ता लगायतको उपस्थिति रहेको थियो । 

सो क्रममा बोल्दै कांग्रेसका नेताहरुले क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसको विकल्प नभएको बताए । मुलुकलाई सही बाटोमा डोर्‍याउन बदलिएको कांग्रेसलाई नै निर्वाचनमा जिताउनुपर्ने उनीहरुको जोड छ । कांग्रेसले आगामी फागुन २१ गते हुन लागेको निर्वाचनलाई लक्षित गरेर क्षेत्र नम्बर ३ को विभिन्न स्थानमा प्रचार प्रसार समितिको सचिवालय सञ्चालनमा ल्याइसकेको छ । यसअघि बाँकेको खजुरा र बैजनाथको सम्झना बजारमा सचिवालय सञ्चालनमा ल्याइएको थियो । 

प्रकाशित मिति: आइतबार, माघ १८, २०८२  ०७:३७
प्रतिक्रिया दिनुहोस्