बर्दियाबाट इन्जिनियर मल्ल घुससहित अख्तियारको नियन्त्रणमा

शुक्रबार, माघ १६, २०८२
Honor 600 pro

बर्दिया  । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित बर्दियाका इन्जिनियरलाई पक्राउ गरेको छ।

अख्तियारका अनुसार बर्दियाको बारबर्दिया नगरपालिकामा कार्यरत इन्जिनियर मोहन देव मल्ललाई घुस लिएको आरोपमा पक्राउ गरिएको हो।

नगरपालिकाको भवन तथा बस्ती विकास शाखामा कार्यरत इन्जिनियर मल्ललाई बिहीबार आयोगको टोलीले १ लाख ५० हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको हो। वडा नम्बर ७ स्थित जनता माध्यमिक विद्यालय, रम्भापुरमा निर्माण भएको चार कोठे भवनको अन्तिम बिल भुक्तानी सहज बनाइदिने भन्दै सेवाग्राहीसँग घुस मागिएको भन्ने उजुरीका आधारमा कारबाही अघि बढाइएको अख्तियारले जनाएको छ।

आयोगको बुटवल सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा मल्ललाई नियन्त्रणमा लिएको हो। हाल घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन् ।

प्रकाशित मिति: शुक्रबार, माघ १६, २०८२  ०७:४८
प्रतिक्रिया दिनुहोस्