नहरमा मोटरसाइकल खस्दा ४० वर्षीय विनोदको मृत्यु

बिहीबार, माघ १५, २०८२

काठमाडौं । नहरमा मोटरसाइकल खस्दा एक एक जनाको मृत्यु भएको छ। चितवनस्थित भरतपुर महानगरपालिका–१४ राधापुर नहरमा गए राति मोटरसाइकल खस्दा एक जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१६ का ४० वर्षीय विनोद सुवेदी रहेका छन्।

दुर्घटनामा परेर गम्भीर घाइते भएका सुवेदीलाई तत्काल उपचारका लागि भरतपुर अस्पताल पुर्‍याइएको थियो। अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। अहिले शवलाई पोस्टमार्टमका लागि सोही अस्पतालमा राखिएको छ।

प्रकाशित मिति: बिहीबार, माघ १५, २०८२  ०९:३६
प्रतिक्रिया दिनुहोस्