सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले केन्द्रीय सदस्य कृष्णा केसीलाई पार्टीबाट निष्कासन गरेको छ। पार्टीको निर्णयविपरीत गतिविधि गरेको आरोप लगाउँदै संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव नेपालले केसीलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको जानकारी दिएका हुन्।
पार्टीले जारी गरेको पत्रअनुसार आउँदो २०८२ फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा केसीले अन्य राजनीतिक दलको निर्वाचन चिन्ह प्रयोग गरी उम्मेदवारी दिएको पुष्टि भएपछि यो निर्णय लिइएको हो। पार्टी विधानको दफा १०६ अनुसार अनुशासनहीन गतिविधि गरेको ठहर गर्दै उनलाई पार्टीबाट निष्कासन गरिएको पत्रमा उल्लेख छ।
बाँके निर्वाचन क्षेत्रबाट ‘नमुना’ नामले परिचित केसी पछिल्लो समय प्रगतिशील लोकतान्त्रिक पार्टीमा सक्रिय रहँदै आएकी थिइन्। फागुन २१ गते हुने निर्वाचनका लागि उनले सोही पार्टीबाट उम्मेदवारी दर्ता गराइसकेकी छन्।नमुना प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिनुअघि लुम्बिनी प्रदेश सभा सदस्यबाट राजीनामा दिएकी हुन् ।
नेकपाले पार्टी नीतिविपरीत कदम चाल्ने जो–कोहीमाथि कडा कारबाही गरिने संकेत समेत यस निर्णयमार्फत दिएको छ।