कांग्रेसले गर्‍यो माघ १६ गतेको मधेस चुनावी सभा स्थगित

आइतबार, माघ ११, २०८२
Honor 600 pro

काठमाडौं । निर्वाचन आचारसंहिता लागू भएसँगै नेपाली कांग्रेसले माघ १६ गते जनकपुरमा गर्ने भनिएको मधेस सभा स्थगित गरेको छ।

कांग्रेसले सभापति गगन थापासहित शीर्ष नेताहरू माघ ११ गते मधेस जाने र त्यसै क्रममा माघ १६ गते जनकपुरमा ठूलो सभा आयोजना गर्ने तयारी गरेको थियो। तर प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले मनोनयन दर्ताको अघिल्लो दिनदेखि नै आचारसंहिता कार्यान्वयनमा ल्याएपछि उक्त कार्यक्रम अघि बढाउन नसकिने भएको हो।

निर्वाचन आयोगका अनुसार फागुन ४ गतेअघि उम्मेदवारहरूले कुनै पनि किसिमको प्रचारप्रसार, सभा, जुलुस वा आमसभा गर्न पाउने छैनन्। यही व्यवस्थाका कारण कांग्रेसले मधेस सभाको मिति परिवर्तन गर्ने निर्णय गरेको हो।

कांग्रेस स्रोतका अनुसार सभाको नयाँ मिति पार्टीभित्र छलफलपछि तय गरिनेछ।

उल्लेखनीय छ, कांग्रेस सभापति गगन थापा सर्लाही क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका छन्।

प्रकाशित मिति: आइतबार, माघ ११, २०८२  ०९:४८
प्रतिक्रिया दिनुहोस्