सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष प्रेम केसीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको छ ।
युनियनका अध्यक्ष शिव लम्साल पत्रकारिता सम्बन्धी अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुन चीन भ्रमणमा जान लागेकाले आजदेखि स्वदेश नफर्किँदासम्मका लागि वरिष्ठ उपाध्यक्ष केसीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको हो ।
नेपाल प्रेस युनियनको विधान–२०४८ (छैठौँ संशोधन–२०७९) अनुसार संगठनका सम्पूर्ण सांगठनिक गतिविधि तथा नियमित कामकारबाही व्यवस्थित रूपमा अघि बढाइने विश्वास अध्यक्ष लम्सालले व्यक्त गरेका छन् ।
कार्यवाहक अध्यक्षको रूपमा पदीय जिम्मेवारी कुशलतापूर्वक बहन गर्नेमा विश्वासका साथ केसीलाई सफल कार्यकालको शुभकामना पनि व्यक्त गरिएको छ ।