सुमन मल्ल : भाषणभन्दा काममा विश्वास गर्ने बाँके-३ का सशक्त उम्मेदवार

बिहीबार, माघ ८, २०८२
honor mob  winter sales

बाँके । राजनीति धेरैका लागि पद र शक्ति हुन सक्छ, तर नेकपा एमालेका युवा नेता सुमन मल्लका लागि यो सेवा, उत्तरदायित्व र निरन्तर उपस्थितिको अभ्यास बनेको छ। खजुरा गाउँपालिका–१ का पूर्व वडाध्यक्ष मल्लले कोभिड–१९ जस्तो अभूतपूर्व संकटका बेला देखाएको नेतृत्व र मानवीय संवेदनशीलता आज पनि स्थानीय बासिन्दाले सम्झिरहेका छन्। यतिमात्रै वडाध्यक्ष रहदा सेवा सुविधा र तलब भत्ता केहि नलिएका मल्लको त्यो सर्हानीय कार्यलाई त्यस क्षेत्रका आम जनताले झलझली सम्झिरहेका छन् ।

कोभिड महामारी उत्कर्षमा रहेका बेला मल्लले आफ्नो वडामा विशेषज्ञ चिकित्सकको व्यवस्था गरी संक्रमित तथा अन्य बिरामीको उपचारलाई प्राथमिकता दिए। आर्थिक अवस्था कमजोर भएकाले उपचार नपाउने अवस्था नआओस् भन्ने उद्देश्यले निःशुल्क अक्सिजन सिलिन्डरसमेत उपलब्ध गराइयो। महामारीको त्रास र अन्योलबीच उनको यो पहल धेरैका लागि जीवनदायी सावित भयो।

त्यसअघि नै वडाध्यक्षको हैसियतमा मल्लले खजुरा–१ का गाउँ–गाउँ र चोक–चोकमा निःशुल्क वाइफाइ सेवा विस्तार गराएका थिए। सूचना र प्रविधिमा पहुँच बढाउन गरिएको यो कामले विद्यार्थी, युवा र साना व्यवसायी तथा आमस्थानीयवासीलाई प्रत्यक्ष लाभ पुर्‍यायो। त्यस्तै, वडाका मुख्य बाटो र चोकहरूमा स्ट्रीट लाइट जडान गरी रात्रीकालीन सुरक्षा र आवागमन सहज बनाइएको थियो।

राजनीतिक यात्रामा मल्ल नेकपा एमालेका सक्रिय युवा नेताका रूपमा चिनिन्छन्। युथ फोर्सको केन्द्रीय सदस्य हुँदै बाँके जिल्ला कमिटी सदस्यसम्मको जिम्मेवारी सम्हाल्दै उनले लामो समय युवा संघमार्फत सामाजिक गतिविधिमा सक्रिय भूमिका निर्वाह गरे। वि.सं. २०७४ को स्थानीय तह निर्वाचनमा एमालेबाट खजुरा गाउँपालिका–१ मा अत्यधिक मतका साथ निर्वाचित हुनु त्यसको परिणाम मानिन्छ।

मल्ल राजनीतिज्ञ मात्र नभई समाजसेवीका रूपमा पनि स्थानीय समुदायमा परिचित छन्। उनले दलित समुदायका कयौँ विद्यार्थीलाई विद्यालयदेखि क्याम्पस तहसम्मको अध्ययनका लागि व्यक्तिगत रूपमा आर्थिक सहयोग गर्दै आएका छन्, जुन सहयोग हालसम्म निरन्तर रहेको कयौं विद्यार्थीहरु बताउँछन् । रोजगारीको खोजीमा रहेका युवालाई अवसरसँग जोड्ने प्रयासमा पनि उनी सक्रिय देखिन्छन्।

वि.सं. २०७९ को स्थानीय तह निर्वाचनमा खजुरा गाउँपालिकाको अध्यक्ष पदमा उनी झिनो मतान्तरले पराजित भएपछि पनि पराजयपछि पनि जनसम्पर्क र सामाजिक सक्रियतामा कमी नआएको स्थानीयहरू बताउँछन्। सुख–दुःखमा साथ दिने, समस्या पर्दा फोन उठाउने नेताका रूपमा मल्ललाई धेरैले आफ्नो “नजिकको प्रतिनिधि” मान्छन्।

हाल सुमन मल्ल बाँके क्षेत्र नम्बर ३ बाट नेकपा एमालेका उम्मेदवारका रूपमा अगाडि आएका छन्। पूर्वाधार विकास, शिक्षा र स्वास्थ्य सेवाको पहुँच विस्तार, युवालाई रोजगारी र स्वरोजगारमा जोड्ने योजना, डिजिटल सेवा विस्तार तथा स्थानीय उत्पादनको बजारीकरण उनका प्रमुख एजेन्डाका रूपमा प्रस्तुत छन्।

देखावटीभन्दा काममा विश्वास गर्ने स्वभावका कारण मल्ललाई बाँके–३ का हजारौँ स्थानीयले मन र मुटुमा राखेको दाबी गरिन्छ। उनी एक कुशल नेता मात्रै नभई, आफ्नै क्षेत्रका लागि निरन्तर खटिने प्रतिनिधि पात्रका रूपमा परिचित हुँदै गएका छन्।

प्रकाशित मिति: बिहीबार, माघ ८, २०८२  ०९:२५
प्रतिक्रिया दिनुहोस्