निर्वाचनलाई लक्षित गर्दै निष्पक्ष र जिम्मेवार पत्रकारिताका प्रवद्र्धन गर्न पत्रकार महासंघ बाँकेको आह्वान

बुधबार, माघ ७, २०८२
Honor 600 pro

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँकेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै निर्वाचनमा निष्पक्ष, व्यवसायिक र जिम्मेवार पत्रकारिता प्रवद्र्धन गर्न मिडियाकर्मी तथा सञ्चारमाध्यमलाई आह्वान गरेको छ ।

शाखाको कार्यसमिति बैठकले निर्वाचनलाई लक्षित गर्दै जिम्मेवार पत्रकारिताका लागि मिडियाकर्मी तथा सञ्चारमाध्यमलाई आह्वान गर्ने निर्णय गरेको हो।

बाँके शाखाको कार्यालय नेपालगञ्ज-४ सञ्चारग्राम (बसपार्क) मा शाखाका अध्यक्ष नवीन गिरीको अध्यक्षतामा बसेको वैठकले प्रेस स्वतन्त्रता सेनानी एवम् नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष स्वर्गीय पन्नालाल गुप्त ‘चाचा’ को छैठौँ स्मृति दिवस माघ १५ गते मनाउने निर्णय गरेको छ । साथै उक्त अवसरमा ‘फेक’ समाचारलाई निरुत्साहित गर्ने उद्देश्यले ‘फ्याक्ट चेक–अन्तरसंवाद’ कार्यक्रम आयोजना गर्ने निर्णय समेत गरिएको सचिव कृष्ण ओलीले जानकारी दिए । 

यसैगरी नेपाल प्रेस काउन्सिलका अध्यक्ष डा। कुमार शर्मा आचार्यको विशेष उपस्थितिमा यही माघ १९ गते नेपालगञ्जमा ‘आमसञ्चार माध्यम र आचारसंहिता कार्यान्वयन’ विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने निर्णय पनि गरिएको छ ।

प्रकाशित मिति: बुधबार, माघ ७, २०८२  २०:५२
प्रतिक्रिया दिनुहोस्