सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
बाँके । नेकपा एमालेको तर्फबाट बाँके क्षेत्र नम्बर ३ मा युवा नेता सुमन मल्लले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। हजारौं समर्थकहरुका साथमा मल्लले आज दिउँसो जिल्ला निर्वाचन अधिकृतको कार्यालय पुगेर औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएका हुन्।
युवा, ऊर्जावान र सबैको प्रिय व्यक्तित्वका रूपमा परिचित मल्ललाई वर्तमान राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै नेकपा एमालेले बाँके ३ बाट उम्मेदवार बनाएको हो। पार्टीले विकास, सुशासन र स्थायित्वको एजेन्डालाई अगाडि बढाउन सक्षम उम्मेदवारका रूपमा मल्ललाई अघि सारेको जनाएको छ।
विकासप्रेमी तथा समाजसेवी युवा नेताका रूपमा परिचित मल्लले शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकासलाई आफ्नो प्राथमिक एजेन्डा बनाउने बताएका छन्। उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले जनताको विश्वास र समर्थनका साथ बाँकेलाई विकासको नयाँ दिशातर्फ लैजाने प्रतिबद्धता व्यक्त गरे।
मल्लको उम्मेदवारीसँगै बाँके ३ मा एमाले समर्थक तथा स्थानीयवासीहरूमा उत्साह छाएको देखिएको छ। वर्तमान राजनीतिक परिस्थितिमा युवाको सक्रिय सहभागिता आवश्यक रहेको भन्दै धेरैले मल्लको उम्मेदवारीलाई सकारात्मक रूपमा लिएका छन्।
अब बाँके ३ मा हुने चुनावी प्रतिस्पर्धा थप रोचक बन्ने देखिएको छ।