आज देशभरका सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता

मंगलबार, माघ ६, २०८२

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज देशभर १६५ निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता हुँदैछ।

बिहान १० देखि साँझ ५ बजेसम्म दर्ता हुने आयोगले जनाएको छ। उम्मेदवारले नागरिकता वा मतदाता परिचयपत्रको प्रतिलिपि र अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा अनिवार्य रूपमा पेश गर्नुपर्नेछ।

आयोगले शान्त र मर्यादित रूपमा उम्मेदवारी दर्ता गर्न आग्रह गर्दै भीड व्यवस्थापनका लागि समयसमेत तोकेको छ।

कूल २७५ सदस्यीय प्रतिनिधिसभामा १६५ प्रत्यक्ष र ११० समानुपातिक प्रणालीबाट निर्वाचित हुने व्यवस्था छ।

प्रकाशित मिति: मंगलबार, माघ ६, २०८२  ०७:३६
प्रतिक्रिया दिनुहोस्