सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
बाँके । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बाँके निर्वाचन क्षेत्र नम्बर–३ मा नेकपा एमालेले युवा नेता सुमन मल्ललाई टिकट दिएको छ। यसअघि दलबहादुर सुनारलाई उम्मेदवार बनाए पनि पुनः उनलाई परिवर्तन गर्दै युवा नेता मल्ललाई टिकट दिएको हो।
वर्तमान राजनीतिक परिवेश र युवाको बढ्दो सक्रियतालाई मध्यनजर गर्दै एमालेले युवा नेता मल्ललाई टिकट दिनु सान्दर्भिक निर्णयका रूपमा हेरिएको छ।
जेन्जी आन्दोलनपछि राजनीतिमा देखिएको पुस्तान्तरणको मागलाई सम्बोधन गर्दै एमालेले बाँके–३ मा मल्ललाई अघि सारिएको निर्णयसँगै सो क्षेत्रमा रहेका आम युवा तथा आम नागरिकहरूको चाहना पूरा हुने विश्वास पार्टी कार्यकर्ता तथा समर्थकहरूले व्यक्त गरेका छन्।
क्षेत्र नम्बर ३ को पुरै भेग र स्थानीयस्तरमा राम्रो पकड बनाएका मल्ललाई बलियो उम्मेदवारका रूपमा हेरिएको छ। समाजसेवी तथा सहयोगी भावनाका व्यक्ति मानिने मल्ल व्यवसाय, सामाजिक सेवा र विभिन्न क्षेत्रमा सक्रिय रहँदै आएका छन्। स्थानीय तहदेखि क्षेत्रीय स्तरसम्म सबै वर्गसँग राम्रो सम्बन्ध बनाएका कारण उनी क्षेत्रका लोकप्रिय नेतामध्ये एक मानिन्छन्।
आफ्नो क्षेत्रको विकास, युवाको रोजगारी, शिक्षा,स्वास्थ्य तथा सामाजिक रूपान्तरणलाई प्राथमिकतामा राख्दै आएका मल्ललाई आम नागरिकको उल्लेखनीय साथ र सहयोग प्राप्त हुने अपेक्षा गरिएको छ। वर्तमान समयमा सबैको ढुकढुकी बनेका मल्ल सबै वर्गका मतदातामाझ प्रिय पात्रका रूपमा चिनिँदै आएका छन्।
मल्ल यसअघि २०७४ सालको स्थानीय तहको निर्वाचन खजुरा गाउँपालिका-१ बाट अध्यक्ष निर्वाचित हुँदा २०७९ को स्थानीय तहको निर्वाचनम खजुरा गाउँपालिकाको अध्यक्षमा झिनो मतान्तरले पराजित भएका थिए।