एमालेको टिकट बाँके-२ मा जसपाका इस्तियाक राईलाई,जिल्लाका एमाले नेता-कार्यकर्ता असन्तुष्ट

सोमबार, माघ ५, २०८२
Honor 600 pro

नेपालगन्ज । नेकपा एमालेले मो. इस्तियाक राईलाई बाँके क्षेत्र नम्बर २ को उम्मेदवार बनाएको छ ।

उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट छुट्टिएर अशोक राई नेतृत्वको जसपाका महासचिव रहेका राई सूर्य चुनाव चिन्ह लिएर एमालेको टिकटमा चुनाव लड्न थालेपछि जिल्लाका एमाले कार्यकर्ता असन्तुष्ट बनेका छन्।

पार्टी प्रवेश नै नगरी उनलाई टिकट दिइएको भन्दै नेता-कार्यकर्ताले सामाजिक संजालमा असन्तुष्टि पोखिरहेका छन् । बाँके २ बाट एमालेले जिल्ला अध्यक्ष निरक गुरुङ, कृष्ण प्रसाद श्रेष्ठ र अछरी पोखरेललाई सिफारिस गरेको थियो ।

राई २०७९ को प्रतिनिधिसभा निर्वाचनमा यही क्षेत्रबाट उम्मेदवार थिए । जसपा नेपालबाट उम्मेदवार बनेका उनी राप्रपाका डा. धवल शमशेर राणासंग पराजित भएका थिए । उनी २०६४ मा तत्कालीन क्षेत्र नम्बर २ र २०७४ मा यही क्षेत्रबाट निर्वाचित भई पटक-पटक मन्त्री भएका थिए ।

प्रकाशित मिति: सोमबार, माघ ५, २०८२  ०९:५३
प्रतिक्रिया दिनुहोस्