सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । मेयर बालेन शाहले पदबाट राजीनामा दिएका छन। काठमाडौं महानगरपालिकाका मेयर रहेका बालेनले आज दिउँसो राजीनामा दिएका हुन् ।
मेयर बालेनले उपप्रमुख सुनिता डंगोलसमक्ष राजीनामा बुझाएका हुन् । मेयर बालेन को राजीनामामा पछि काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिताले कार्यबाहक प्रमुखको जिम्मेवारी पाएकी छिन् । मेयर बालेनले पदबाट राजीनामा दिएलगत्तै उनले स्वतस् कार्यबाहकको जिम्मेवारी पाएकी हुन् ।
स्थानीय सरकार सञ्चालन ऐन–२०७४ अनुसार, उनले कार्यबाहकको जिम्मेवारी पाएकी हुन् । मेयरले पदबाट राजीनामा पाएपछि स्वत: उपमेयरले कार्यबाहक पाउने व्यवस्था ऐनमा छ ।
बालेनले रास्वपा प्रवेश गरेर झापा–५ बाट निर्वाचन लड्ने तयारी गरेका छन् । हाल उनी रास्वपाका वरिष्ठ नेता हुन् ।