सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगञ्ज । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले बाँकेका दुई निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्याएको छ ।
पार्टीले बाँके क्षेत्र नम्बर १ मा निवर्तमान सांसद तथा केन्द्रीय सदस्य सूर्य ढकाल र क्षेत्र नम्बर ३ मा संविधानसभा सदस्य एवम् पूर्व मन्त्री दल बहादुर सुनारलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
बाँके क्षेत्र नम्बर २ को उम्मेदवार चयन गर्ने जिम्मा भने पार्टी अध्यक्षलाई दिइएको छ । ढकाल र सुनार दुवै जिल्लाबाट एकल सिफारिस भएका उम्मेदवार हुन् ।
पार्टी सचिवालय वैठकको निर्णय अनुसार उम्मेदवार टुंग्याइएको जनाउँदै एमालेले क्षेत्र नम्बर २ मा पनि छिट्टै उम्मेदवार सार्वजनिक गरिने जनाएको छ । क्षेत्र नम्बर २ मा जिल्लाबाट निरक गुरुङ, कृष्ण प्रसाद श्रेष्ठ र अछरी पोखरेलको नाम सिफारिस भएको छ ।