सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगञ्ज । नेपालगञ्जमा आजदेखि दुई दिने 'निर्वाचन संचालन तथा व्यवस्थापन' अभिमुखीकरण कार्यक्रम सुरु भएको छ ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत तथा प्रदेश तथा जिल्ला निर्वाचन अधिकारीहरुको सहभागिता छ । निर्वाचन आयोगले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत र प्रदेश तथा जिल्ला निर्वाचन अधिकारीहरुको उपस्थिति रहेको निर्वाचन आयोगका शाखा अधिकृत तुलसी राम भगतले जानकारी दिए ।
उद्घाटन कार्यक्रममा निर्वाचन आयोगका आयुक्त डा। जानकी कुमारी तुलाधरले लोकतन्त्रको मूल आधार निर्वाचन भएको भन्दै निर्वाचनलाई निष्पक्ष र पारदर्शी बनाउन आयोग प्रतिबद्ध रहेको बताइन् । उनले मिथ्या सूचनाबाट जोगिँदै निर्वाचनलाई सभ्य र भब्य बनाउन सबैको अहम् भूमिका रहने उल्लेख गरिन् ।
नेपाल सरकारका सचिव पाराश्वर ढुंगानाले विशेष र विशिष्ट परिस्थितिमा भइरहेको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र विश्वसनीय ढंगले सम्पन्न गर्न अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको बताए ।