राप्तीसोनारीमा बाघको आक्रमणबाट ६२ वर्षीय मरिचमान भण्डारीको मृत्यु

शनिबार, पुस १९, २०८२

बाँके  । पाटेबाघको आक्रमणमा बाँकेमा एक जनाको मृत्यु भएको छ । राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ सौरीका ६२ वर्षीय मरिचमान भण्डारीको बाघको आक्रमणबाट मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

Honor x5c

प्रत्यक्षदर्शीले प्रहरीलाई दिएको जानकारी अनुसार भण्डारीलाई गाई चराउन गएका बेला आज दिउँसो साढे १ बजेतिर बाँके राष्ट्रिय निकुञ्जको ‘बिचार दमार’ जंगलमा बाघले आक्रमण गरेको थियो । बाघले घाँटी र टाउकोमा आक्रमण गरेको बताइएको छ ।

भण्डारीसंगै रहेका अन्य स्थानीयले भने भागेर ज्यान जोगाएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: शनिबार, पुस १९, २०८२  १९:२२
प्रतिक्रिया दिनुहोस्
स्थानीय तह