सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगन्ज । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बाँकेको अध्यक्षमा दुर्गा सिंह बस्नेत निर्वाचित भएका छन् । ९औं जिल्ला अधिवेशनबाट बस्नेत अध्यक्ष निर्वाचित भएका हुन् ।
बस्नेतले शिव कुमार गुप्तालाई २ मत अन्तरले पराजित गरे । अध्यक्ष, द्वितीय उपाध्यक्ष र सहसचिवमा मतदान हुँदा अन्य पदमा भने निर्विरोध भएको हो ।
वरिष्ठ उपाध्यक्षमा तारा प्रसाद खनाल निर्विरोध निर्वाचित भए भने द्वितीय उपाध्यक्षमा मोहन चन्द निर्वाचित भएका छन् । चन्दले निर्मला हमाललाई पराजित गरे । सचिवमा सविन लुइँटेल निर्विरोध हुँदा सहसचिव विश्वम्भत वली निर्वाचित भए । वलीले इश्वरी पौडेललाई पराजित गरे । हिरालाल न्यौपाने कोषाध्यक्षमा निर्विरोध भएका छन् ।
यसैगरी सदस्यहरुमा डिल्लीराज डाँगी, प्रकाश कँडेल, शोभाखर अधिकारी, यज्ञ बहादुर गुरुङ, रमेश रिजाल, राजेन्द्र कुमार सोनी, विष्णु प्रसाद अधिकारी, राजिब चौधरी, गणेश बहादुर जिएम, गणेश बहादुर थारु, धन बहादुर खड्का, रमेश विएम र डिल बहादुर शाही निर्विरोध निर्वाचित भएका छन् ।