शीतलहर कहर: राप्तीसोनारी गाउँपालिकाका विद्यालयमा ३ दिन जाडो बिदा

मंगलबार, पुस १५, २०८२
honor mob  winter sales

बाँके  । अत्यधिक चिसोसँगै शीतलहरका कारण  राप्ती सोनारी गाउँपालिकाले विद्यालयमा जाडो बिदा दिएको छ ।

Honor x7 pad

शीतलहर चलेसंगै अत्यधिक चिसो बढेपछि भोलिदेखि जाडो बिदा दिइएको गाउँपालिकाका प्रवक्ता तथा वडा नं. का वडाध्यक्ष मीनराज खड्का (सन्तोष) ले जानकारी दिए ।

चिसोले बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्ने देखिएपछि गाउँपालिकाका  सबै विद्यालयमा  भोलिदेखि पुस १८ गतेसम्म सार्वजनिक बिदा दिइएको खड्काले बताए ।

पुस लागेसंगै बाक्लो कुहिरो र शीतलहरले बाँकेको जनजीवन प्रभावित भएको छ । 

 

 

प्रकाशित मिति: मंगलबार, पुस १५, २०८२  १८:२७
प्रतिक्रिया दिनुहोस्