सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगञ्ज । नेपालगञ्जस्थित नील सागर सेवाश्रममा सांग्रिला डेभलपमेन्ट बैंकद्वारा सहायता प्रदान गरिएको छ ।
बैंकले केही दिन अघि न्यानो कपडा संकलन अभियान सञ्चालन गरी जम्मा गरेको कपडाहरु सोमबार सेवाश्रमलाई प्रदान गरेको हो ।
सांग्रिला डेभलपमेन्ट बैंक बर्दियाको सानोश्री शाखा, बाँकेको खजुरा शाखा, राँझा एयरपोर्ट शाखा, त्रिभुवन चोक शाखा र नेपालगञ्ज शाखाले संयुक्तरुपमा मिलेर कर्मचारीहरुबाट संकलित न्यानो कपडा हस्तान्तरण गरिएको सानोश्री शाखाका म्यानेजर शिला क्षेत्रीले जानकारी दिइन् ।
बैंकका कर्मचारीहरुले सेवाश्रममै पुगेर प्रदान गरेका थिए ।