अबिलम्ब राष्ट्रिय सभा अधिवेशन बोलाउन माग

आइतबार, पुस १३, २०८२

काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रिय सभाको अधिवेशन अबिलम्ब बोलाउन माग गर्दै राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग भेटवार्ता गरेको छ ।

Honor x5c

कांग्रेस राष्ट्रिय सभाका प्रमुख सचेतक कृष्णबहादुर रोकाय नेतृत्वमा गएको टोलीले आइतबार अध्यक्ष दाहाललाई भेटेर नेपाली कांग्रेस संसदीय दलको निर्णयबारे जानकारी गराउँदैं यस्तो माग गरेका हुन् ।

गत पुस १० गते बसेको कांग्रेस संसदीय दलको बैठकले ‘देशमा बदलिएको राजनीतिक विषम परिस्थितिमा असंवैधानिक ढंगबाट प्रतिनिधि सभा विघटन भएको अवस्थामा जनताका आवाजहरु उठाउने सार्वभौम संघीय संसद अन्तर्गत राष्ट्रिय सभा मात्र कायम रहेको हुँदा राष्ट्रिय सभाको बैठक बस्न आवश्यक भएकोले अबिलम्ब राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न अध्यक्ष दाहाललाई सम्बन्धित निकायसँग माग गर्न अनुरोध गर्ने निर्णय गरेको थियो ।

भेटमा राष्ट्रिय सभा सदस्य कमला देवी पन्त, किरणबाबु श्रेष्ठ, बिष्णु सापकोटा र पदम परियार लगायतका सहभागी थिए ।

भदौमा जेन–जी आन्दोलनपछि राष्ट्रिय सभा बेकामे भएको छ । प्रतिनिधि सभा विघटन भए पनि राष्ट्रिय सभा बस्न सक्दथ्यो । 

प्रकाशित मिति: आइतबार, पुस १३, २०८२  १५:२३
प्रतिक्रिया दिनुहोस्
स्थानीय तह