सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
बाँके । नेपालगन्ज जेसीजको नयाँ कार्यसमिति चयन भएको छ। वर्ष २०२६ नेतृत्वको नेपालगन्ज जेसीजको अध्यक्षमा जेसी मोहित बाबु शर्मा निर्वाचित भएका छन् ।
१८ देखि ४० वर्ष उमेर समूहका युवाहरूलाई नेतृत्व, उद्यमशीलता र सामाजिक रूपान्तरणतर्फ अग्रसर गराउँदै आएको जेसीज नेपालगन्जको नेतृत्व अब मोहित बाबुको काँधमा आएको हो ।
त्यसैगरी वर्ष २०२६ जेसीज नेपालगन्जको दुई कार्यकारी उपाध्यक्षमा जेसी बिष्णु बुढाथोकी र जेसी आश्विन कोइराला निर्वाचित भएको निर्वाचन आयुक्त रोशन कुमार केसीले जानकारी दिएका छन् ।
निर्वाचन आयुक्त केसीका अनुसार चार उपाध्यक्षहरुमा जेसी स्नेहा शर्मा, जेसी बादल बाबु शर्मा,जेसी लोकनाथ पोखरेल र जेसी सत्यनारायण थारु निर्वाचित भएका हुन् । नेपालगन्ज जेसीजमा हाल ५४ जना सदस्य रहेको केसीले बताए।
नेपालगन्जमा शनिबार सम्पन्न जेसीज अधिवेशनबाट निर्वाचित भएकाहरुको कार्यकाल एक वर्षको रहनेछ।निर्वाचित सबै पदाधिकारीहरु नेपालगन्जमा सफल व्यक्तिका रुपमा परिचित छन् ।