सुर्खेतमा सडक छेउमै सुतेका जङ्गबहादुरको अज्ञात गाडीको ठक्करबाट मृत्यु

शनिबार, पुस १२, २०८२
Honor 600 pro

सुर्खेत । सुर्खेत सदरमुकाम वीरेन्द्रनगरमा अज्ञात गाडीको ठक्करबाट सडक छेउमा सुतिरहेका एक व्यक्तिको मृत्यु भएको छ।

आज बिहान वीरेन्द्रनगर नगरपालिका-१ टेम्पोपार्कमा दैलेखको डुङ्गेश्वर गाउँपालिका–५ का ४३ वर्षीय जङ्गबहादुर बुढालाई पहिचान नखुलेको गाडीले ठक्कर दिएर भागेको सुर्खेत प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतक अनुसार गाडीको ठक्करबाट गम्भीर घाइते भएका जङ्गबहादुरलाई उपचारका लागि प्रदेश अस्पताल सुर्खेत लगिए पनि उपचारका क्रममै मृत्यु भएको हो।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा जङ्गबहादुर मदिरा सेवन गरी सडकमा सुतिरहेको अवस्थामा गाडीले ठक्कर दिएर भाएको सुर्खेत प्रहरीले जनाएको छ।

यता प्रहरीले ठक्कर दिने गाडी र चालकको खोजतलास तिब्र पारेको जनाउँदै घटनाबारे अनुसन्धान अगाडि बढाएको छ।

 

 

 

 

 

प्रकाशित मिति: शनिबार, पुस १२, २०८२  १२:११
प्रतिक्रिया दिनुहोस्
स्थानीय तह