रौतहटको रक्सी उद्योगमा विष्फोट, १ जनाको मृत्यु, ६ कामदार घाइते

शनिबार, पुस १२, २०८२
honor mob  winter sales

रौतहट । मधेस प्रदेशस्थित रौतहट जिल्लाको  मदिरा (रक्सी) उत्पादन गर्ने उद्योगमा विष्फोट  भएको छ। आज बिहान कटहरीया नगरपालिका-९ स्थित ज्योती डिस्टीलरी उद्योगमा विष्फोटमा परेर एक जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। रौतहट प्रहरीका अनुसार विष्फोटमा परेर ६ जना कामदार घाइते भएका छन् ।

Honor x7 pad

रौतहट प्रहरीले दिएको जानकारीअनुसार विष्फोटमा परेर लक्ष्मण राय यादवको घटनास्थलमै मृत्यु भएको हो भने विष्फोटमा घाइते हुनेहरुमा रहमत मिया, बलिराम राय, प्रेमजित राय,  कैलाश माली, जगदिश राय र बिगन राय रहेका छन् ।

विष्फोटमा घटनामा घाइते भएकाहरुको अवस्था गम्भीर रहेको बताइएको छ भने उनीहरूलाई उपचारका लागि वीरगञ्ज लगिएको प्रहरीले जानकारी दिएको छ। 

रौतहट प्रहरीका अनुसार डिस्टीलरीको बोइलर विष्फोट भएको बताइएको छ भने घटनाबारे प्रहरीले अनुसन्धान अगाडि बढाइएको छ।

प्रकाशित मिति: शनिबार, पुस १२, २०८२  ११:५०
प्रतिक्रिया दिनुहोस्
स्थानीय तह