सेनाका पूर्वरथी बालानन्द शर्मा बने परराष्ट्रमन्त्री

शुक्रबार, पुस ११, २०८२

काठमाडौँ । नेपाल सरकारका नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित एक विशेष समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ गराएका हुन्।

Honor x5c

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको उपस्थिति थियो। यस्तै, कार्यक्रममा संवैधानिक अङ्गका प्रमुखहरू, सुरक्षा निकायका उच्च अधिकारीहरू र सरकारका विशिष्ट श्रेणीका कर्मचारीहरूको समेत सहभागिता थियो।

नेपाली सेनाका पूर्वरथी समेत रहेका शर्माको नियुक्तिसँगै वर्तमान अन्तरिम मन्त्रिपरिषद् १५ सदस्यीय बनेको छ। कूटनीतिक र रणनीतिक मामिलामा अनुभवी मानिने उनलाई निर्वाचनको पूर्वसन्ध्यामा परराष्ट्र मन्त्रालयको महत्त्वपूर्ण जिम्मेवारी सुम्पिएको हो।

शपथ ग्रहणलगत्तै मन्त्री शर्माले आजै सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय पुगेर पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ।

प्रकाशित मिति: शुक्रबार, पुस ११, २०८२  १७:०६
प्रतिक्रिया दिनुहोस्
स्थानीय तह