नेपाल स्वास्थ्यकर्मी संघको ८ औं महाधिवेशनबाट चम्कियो बाँके: केन्द्रीय पदाधिकारीसहित ६ जना निर्वाचित

उपमहासचिवमा ठकुरी र सचिवमा योगी
शुक्रबार, पुस ११, २०८२
honor mob  winter sales

बाँके । नेपाल स्वास्थ्यकर्मी संघ ८ औं केन्द्रीय महाधिवेशनबाट अध्यक्षमा दिपकराज भट्टसहित बाँकेका दुईजना केन्द्रीय पदाधिकारीमा निर्वाचित भएका छन् ।

Honor x7 pad

बुटवलमा बिहीबार सम्पन्न नेपाल स्वास्थ्यकर्मी संघको ८ औं महाधिवेशनमा सबै निर्विरोध निर्वाचित भएको नेपाल स्वास्थ्यकर्मी संघ बाँकेका अध्यक्ष जागेश्वर बस्नेतले जानकारी दिएका छन।

अध्यक्ष बस्नेतका अनुसार बाँकेबाट उपमहासचिवमा एक,सचिवमा एक र केन्द्रीय सदस्यमा ४ जना निर्वाचित हुँदा बर्दियाबाट उपाध्यक्षमा एक जना निर्वाचित भएका हुन् ।

बाँकेबाट उपमहासचिवमा निर्वाचित हुनेमा अनिल सेन ठकुरी,सचिवमा गोरखनाथ योगी रहेका छन् भने केन्द्रीय सदस्यहरुमा होमनाथ सुवेदी ,सीताराम चौधरी,लोकप्रकाश रोकाय र गजेन्द्र शाही निर्वाचित भएका हुन् । त्यसैगरी उपाध्यक्षमा निर्वाचित हुने बर्दियाका हरिहर तिवारी रहेका छन् ।

यस्तो छ निर्वाचित हुनेहरुको नामावली -

प्रकाशित मिति: शुक्रबार, पुस ११, २०८२  १२:११
प्रतिक्रिया दिनुहोस्