सञ्चारमन्त्री खरेल र कांग्रेस सभापति देउवाबिच भेटवार्ता

शुक्रबार, पुस ११, २०८२
honor mob  winter sales

काठमाडौँ ।  सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच भेटवार्ता भएको छ । 

Honor x7 pad

आज बिहान सञ्चारमन्त्री खरेल देउवा निवास महाराजगन्जमा भेटका लागि पुगेका थिए । भेटघाटका क्रममा आसन्न चुनावका साथसाथै समसामयिक विषयमा कुराकानी भएको सञ्चारमन्त्रीको सचिवालयले जनाएको छ । 

आजै खरेलले एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डलाई पनि भेटेर छलफल गर्दैछन् । 

प्रकाशित मिति: शुक्रबार, पुस ११, २०८२  ११:०२
प्रतिक्रिया दिनुहोस्