आज 'क्रिसमस डे, सार्वजनिक बिदा

बिहीबार, पुस १०, २०८२
Honor 600 pro

काठमाडौं — क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मको स्मरणमा आज विश्वभर ‘क्रिसमस डे’ मनाइँदैछ। विश्वासअनुसार करिब २,०२५ वर्षअघि डिसेम्बर २५ मा इजरायलको वेथलेहेममा येशुको जन्म भएको हो।

नेपाल ख्रिष्टियन महासङ्घका अध्यक्ष सिबी गहतराजका अनुसार येशुले मानवजातिलाई प्रेम, शान्ति र मुक्ति दिएको विश्वासका आधारमा क्रिसमसलाई प्रेम दिवस, शान्ति दिवस र मुक्ति दिवसका रूपमा मनाइन्छ। नेपालमा विसं २०६३ पछि क्रिसमसलाई महोत्सवको रूपमा मनाउन थालिएको हो।

आज महासङ्घ मूल समारोह समितिको आयोजनामा काठमाडौंमा क्रिसमस महोत्सव आयोजना हुँदैछ, जसमा सरकारी प्रतिनिधि, मानवअधिकारकर्मी र विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहने जनाइएको छ।

क्रिसमसका अवसरमा पछिल्ला वर्षहरूमा सार्वजनिक बिदा दिँदै आएको छ। आज पनि देशभर सार्वजनिक बिदा दिइएको छ। साथै ठमेल, बौद्ध, पोखरा र सौराहाजस्ता पर्यटकीय क्षेत्रमा क्रिसमसको विशेष रौनक देखिने गरेको छ।

प्रकाशित मिति: बिहीबार, पुस १०, २०८२  ०७:३२
प्रतिक्रिया दिनुहोस्