प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै दायर पूरक रिटमाथि सर्वोच्चमा सुनुवाइ सकियो

बुधबार, पुस ९, २०८२

काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै कांग्रेसका ५७ र अन्य दलका ३  गरी ६० निवर्तमान सांसदले सर्वोच्च अदालतमा पेस गरेको पूरक रिट निवेदनमाथिको सुनुवाइ सकिएको छ।  बुधबार  प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, सपना प्रधान मल्ल, हरिप्रसाद फुयाल र डा मनोजकुमार शर्मा र नहकुल सुवेदीको संवैधानिक इजलासमा सुनुवाइ सकिएको हो।  

मंगलबार विघटित संसदमा रहेका कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, सचेतक सुशीला थिङसहितले यसअघिको रिट निवेदनमा पूरक रिट संलग्न गराइ मुद्दाको पक्ष कायम गर्न माग गर्दै निवेदन दिएका थिए । 

घिमिरे र थिङसहित निवर्तमान ८ सांसदले २०८२ मंसिर २३ गते दायर गरेको रिटमा पुस २ गते संवैधानिक इजलासले प्रारम्भिक सुनुवाइ गर्दै विपक्षीहरूसँग १५ दिनभित्रमा लिखित जवाफ पेस गर्न आदेश दिएको थियो । ६० निवर्तमान सांसद्ले रिट निवेदनका विषयवस्तुमा आफूहरूको पनि प्रत्यक्ष सरोकार, हक, स्वार्थ रहेको भन्दै मुद्दामा सरिक गराउन आग्रह गरेका छन् । 

संवैधानिक इजलासले यी निवेदकलाई पनि सामेल गराउने आदेश दिए यसअघि दर्ता भइसकेका कांग्रेसका ८ निवर्तमान  सांसद, एमालेका निवर्तमान सांसद र अन्य डेढ दर्जन रिटलाई एकसाथ राखि सुनुवाइ हुनेछ।

प्रकाशित मिति: बुधबार, पुस ९, २०८२  १५:१२
प्रतिक्रिया दिनुहोस्