नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज, महाधिवेशन र निर्वाचन रणनीतिमा छलफल

बुधबार, पुस ९, २०८२
Honor 600 pro

काठमाडौँ । नेपाली कांग्रेसको 'हाइ कमाण्ड' केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्दैछ। पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आन्तरिक कार्यतालिकाबारे महत्त्वपूर्ण निर्णयहरू हुने सम्भावना छ।

बैठकको मुख्य एजेन्डा आगामी पुस २६ देखि २९ गतेसम्मका लागि तय गरिएको १५औँ महाधिवेशनको तयारी रहेको बताइएको छ।

यसका साथै, आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार चयन र फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको रणनीतिका विषयमा पनि केन्द्रीय नेताहरूबीच गहन छलफल हुनेछ।

मुख्यसचिव पौडेलले कार्यसम्पादन समितिका सबै पदाधिकारी एवं सदस्यहरूलाई बैठकमा उपस्थित हुन अनुरोध गरिएको जानकारी दिए। भदौको 'जेनजी' आन्दोलन र त्यसपछिको राजनीतिक परिवर्तनको पृष्ठभूमिमा बस्न लागेको यो बैठकलाई कांग्रेसभित्र र बाहिर निकै चासोका साथ हेरिएको छ।

प्रकाशित मिति: बुधबार, पुस ९, २०८२  १०:३९
प्रतिक्रिया दिनुहोस्