लुम्बिनी लायन्सको 'एनपीएल' विजेता ट्रफी उत्सब यात्रा बागेश्वरी मन्दिरबाट सुरु

शनिबार, पुस ५, २०८२
honor mob  winter sales

नेपालगन्ज । नेपाल प्रिमियर लिग (एनपीएल) को विजेता ट्रफी उत्सब यात्रा नेपालगन्ज बागेश्वरी मन्दिरबाट सुरु भएको छ । विजेता टिम लुम्बिनी लायन्सले बागेश्वरी मन्दिरमा आज विहान पूजाअर्चना गरी ट्रफी उत्सब यात्रा सुरु गरेको हो ।

Honor x7 pad

त्यसक्रममा ट्रफीलाई मन्दिर परिक्रमा गराइएको थियो । तत्पश्चात नगर परिक्रमा गराई स्थानीय मंगल प्रसाद मावि प्रांगणमा ट्रफी राखेर बर्दियातर्फ लगिएको छ । बर्दियाबाट दाङ, रुकुम, रोल्पा, प्युठान, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा, नवलपरासी हुँदै पुस १६ गते रुपन्देहीको भैरहवास्थित मायादेवी मन्दिरमा पुगेर विजय उत्सब यात्रा समापन हुनेछ ।

एनपीएल दोस्रो सिजनको उपाधि लुम्बिनी लायन्सले हात पारेको थियो । 

प्रकाशित मिति: शनिबार, पुस ५, २०८२  १३:५०
प्रतिक्रिया दिनुहोस्