दाजुले गरे आफ्नै भाइको खुकुरीले हानेर हत्या

शनिबार, पुस ५, २०८२
Honor 600 pro

काठमाडौं  । दाजुले धारिलो हतियार प्रहार गरी आफ्नै भाइको हत्या गरेका छन्। उदयपुरको त्रियुगा नगरपालिका–१ का ४३ वर्षीय युवराज राईले आफ्नै ३० वर्षीय भाइ धर्मराज राईलाई खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जानकारी दिएको छ।

उदयपुर प्रहरीका अनुसार खुकुरी प्रहारबाट गम्भीर घाइते भएका धर्मराजलाई उपचारका लागि तत्काल जिल्ला अस्पताल उदयपुर ल्याइएको थियो। उपचारकै क्रममा उनको आज बिहान २ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

प्रारम्भिक अनुसन्धानमा युवराजले आमालाई कुटपिट गरेको विषयलाई लिएर दाजुभाइबीच वादविवाद भएको र सोही क्रममा युवराजले धारिलो हतियारले शरीरका विभिन्न भागमा प्रहार गरी फरार भएको खुल्न आएको छ।

घटनामा संलग्न अभियुक्तको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: शनिबार, पुस ५, २०८२  १०:१३
प्रतिक्रिया दिनुहोस्