दैलेख-२ बाट नेविसंघका केन्द्रीय सदस्य लोकेश आचार्यसहित ९ जनाको नाम सिफारिस

शुक्रबार, पुस ४, २०८२

दैलेख । दैलेख निर्वाचन क्षेत्र नम्बर २ ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि नेपाली कांग्रेसबाट ९ उम्मेदवार सिफारिस गरेको छ।

नेपाल विद्यार्थी संघ (नेविसंघ)का केन्द्रीय सदस्य लोकेशप्रसाद आचार्यसँगै ९ जनाको नाम क्षेत्रले सिफारिस गरेको हो। सिफारिस हुनेमा निवर्तमान प्रतिनिधि सभा सदस्य  दिक्पालकुमार शाही, मधुर विक्रम खनाल, रञ्जनाकुमारी शाही, बखतबहादुर शाही, चन्द्रबहादुर शाही, नारायण प्रसाद रेग्मी, एकेन्द्रबहादुर पन्त रहेका छन्। त्यसैगरि सीताकुमारी रानाको नाम सिफारिसमा परेको छ।

आठबिस नगरपालिका–६ का नेविसंघ केन्द्रीय सदस्य आचार्य स्नातक गरेका बुद्धिजीवी र समाजसेवी हुन्। आफ्नो क्षेत्रमा उनको निकै प्रभाव रहेको बताइएको छ।

सिफारिससँगै कांग्रेसभित्र निर्वाचन तयारीमा सक्रियता बढेको छ।

प्रकाशित मिति: शुक्रबार, पुस ४, २०८२  १८:५५
प्रतिक्रिया दिनुहोस्