सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगञ्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाले रक्तदान कार्यक्रम गर्ने भएको छ ।
सोमबार बसेको कार्यसमिति बैठकले शाखाको आयोजना र नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र नेपालगञ्जको प्राविधिक सहकार्यमा नेपाल पत्रकार महासंघ बाँके शाखाको कार्यालयमा पुस ६ गते रक्तदान कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको सचिव कृष्ण ओलीले जानकारी दिए ।
रगत अभावको अवस्थालाई मध्यनजर गर्दै मानवीय कार्यमा हातेमालो गर्ने उद्देश्यले रक्तदान कार्यक्रम गर्ने निर्णय गरिएको शाखा अध्यक्ष नवीन गिरीले बताए । गिरीले रक्तदान कार्यमा सहभागी हुन सबैलाई आह्वान गरेका छन् ।
यसैगरी बैठकले नरैनापुरका स्थानीय पर्यटकीय स्थलहरुको प्रबद्र्धनार्थ यही पुस ९ गते बुधबार अन्तरक्रिया तथा वनभोज कार्यक्रम आयोजना गर्ने निर्णय पनि गरेको सचिव ओलीले जानकारी दिए ।