सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगन्ज । पछिल्लो चार महिनामा नेपालगन्ज सीमा नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका १२६ जनालाई उद्दार गरिएको छ । शान्ति पुनःस्थापना केन्द्रले गत आर्थिक बर्षमा ३९९ जनाको उद्दार गरेको जनाएको छ ।
यस्तै चालू आर्थिक बर्षको ४ महिनामा १२६ जनाको उद्दार गरेको जिल्ला कार्यक्रम संयोजक सम्झना चदाराले जानकारी दिइन् । गत आर्थिक बर्षमा ३०३ जनालाई सिधै अभिभावकको जिम्मा लगाइएको थियो भने ९५ जनालाई प्रहरीमार्फत परिवारको सम्पर्कमा पु¥याइएको थियो ।
यो अवधिमा संस्थाले १२ हजार २ सय ३३ जनालाई परामर्श दिएको जनाएको छ । यी मध्ये ९ हजार ३ सय ९४ जनालाई गत आर्थिक बर्षमा र २ हजार ८ सय ३९ जनालाई चालू आर्थिक बर्षभित्र परामर्श दिइएको चदाराले जानकारी दिइन् ।
शान्ति पुनः स्थापना गृहले बाँकेको विभिन्न पाँच स्थानमा आफ्नो सूचना तथा परामर्श केन्द्र स्थापना गरी मानव बेचबिखन तथा ओसारपसारविरुद्ध कार्यक्रम सञ्चालन गर्दै आएको छ ।