सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगन्ज । प्याब्सन नेपालगञ्ज भलिबल कपको छात्रतर्फ स्टार फ्युचर सेकेन्डरी स्कुल, छात्रातर्फ नेपालगञ्ज मोडेल एकेडेमी, शिक्षक पुरुष विधामा जिभिएन सेकेन्डरी स्कुल र शिक्षक महिलातर्फ नेपालगञ्ज मोडेल एकेडेमीले प्रथम स्थान हासिल गरेका छन् ।
प्याब्सन नेपालगञ्जद्वारा आयोजित प्रतियोगितामा छात्रतर्फ वेष्टजोन इंग्लिश मिडियम हाइस्कुल द्वितीय र मेरीगोल्ड इङ्लिश बोर्डिङ स्कुल तृतीय भएका छन् । यस्तै छात्रातर्फ मुनतारा इङ्लिश मिडियम हाइस्कुल द्वितीय र जय बागेश्वरी सेकेन्डरी स्कुल तृतीय भएका छन् । दुबै विधाका प्रथम, द्वितीय र तृतीयलाई क्रमशः ६ हजार, ५ हजार र ४ हजार नगदसहित पुरस्कृत गरिएको थियो भने छात्र-छात्राहरूलाई प्रमाणपत्र मेडलसहित सम्मान गरिनुका साथै विद्यालयलाई ट्रफी प्रदान गरिएको थियो ।
यसैगरी पुरुष शिक्षक-कर्मचारी भलिबल कपतर्फ वेष्टजोन इंग्लिश मिडियम हाइस्कुल द्वितीय र जय बागेश्वरी सेकेन्डरी स्कुल तृतीय भएका छन् । महिला शिक्षक कर्मचारी भलिबल कपतर्फ भने जय बागेश्वरी सेकेन्डरी स्कुल द्वितीय र आदर्श माध्यमिक विद्यालय तृतीय भएका छन् । दुबै विधाका प्रथमलाई नगद पुरस्कार १० हजार रुपैयाँ, द्वितीयलाई ७५०० रुपैयाँ र तृतीयलाई ५ हजार रुपैयाँ प्रदान गरिएको छ । विजेता विद्यालयका खेलाडीहरूलाई प्रमाणपत्र मेडलसहित सम्मान गरिएको थियो भने विद्यालयलाई ट्रफी प्रदान गरिएको थियो ।
मंसिर २५ गतेदेखि तीन दिनसम्म प्याब्सन नेपालगञ्ज भलिबल कप २०८२ संचालन गरिएको हो । प्याब्सन नेपालगञ्जका अध्यक्ष मानबहादुर थापाको सभापतित्व एवम् नेपालगञ्ज उपमहानगरपालिका प्रमुख प्रशान्त बिष्टको प्रमुख आतिथ्यतामा प्रतियोगिताको उद्घाटन गरिएको थियो । उद्घाटन समारोहमा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष तरुण बज्राचार्य, प्याब्सन बाँकेका अध्यक्ष विकास बज्राचार्य, प्याब्सन बाँकेका पदाधिकारीहरू, प्याब्सन नेपालगञ्जको नगर कार्यसमिति, विभिन्न विद्यालयका संस्थापकरप्रधानाध्यापकको पनि उपस्थिति रहेको थियो ।
वडा नम्बर १२ मा अवस्थित ज्वाला खेल मैदानमा तीन दिनसम्म सञ्चालित प्रतियोगितामा १८ विद्यालयका छात्रछात्रा, महिला शिक्षक-कर्मचारी र पुरुष शिक्षक-कर्मचारी गरी चार विधाका विभिन्न ५८ वटा टिमको सहभागिता रहेको थियो ।