लुम्बिनी लायन्सले बन्यो एनपीएलको नयाँ च्याम्पियन, सुदूरपश्चिम ६ विकेटले पराजित

शनिबार, मंसिर २७, २०८२

काठमाडौँ । दोस्रो सिजनको नेपाल प्रिमियर लिगको उपाधि लुम्बिनी लायन्सले जितेको छ ।  शनिबार त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेलमा ८६ रनको लक्ष्य पछ्याएको लुम्बिनीले मात्र ९ ओभरमा ६ विकेटले खेल जित्यो । 

Honor x7 pad

टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिम ५ बल बाँकी छँदै ८५ रनमा अलआउट भएको थियो । लुम्बिनीले पहिलो ओभरमै २७ रन बनाएको थियो, उक्त क्रममा दिनेश अधिकारीले विस्फोटक ब्याटिङ गरे, उनले पहिलो ओभरमै चार वटा छक्का प्रहार गरे । 

यस क्रममा लुम्बिनीले डार्सी सर्टको रूपमा पहिलो विकेट गुमायो । पाँचौँ ओभरको पहिलो बलमा सर्ट हेमन्त धामीले सर्टलाई बोल्ड आउट गरे, उनले १३ बलमा १४ रन बनाए । त्यस्तै दोस्रो विकेटको रूपमा अधिकारी आउट भए । पाँचौँ ओभरको तेस्रो बलमा आउट भएका अधिकारीले १३ बलमा ४२ रन जोडे । उनी पनि धामीकै बलमा क्याच आउट भए । 

कप्तान रोहित पौडेल १२ बलमा १६ रन बनाए र आउट भए । त्यस्तै निरोसन डिकवेलाले १२ बलमा ११ रन बनाए । सन्दीप जोराले भने आज रन बनाउन सकेनन् । तीन बल खेलका उनी शून्यमै आउट भए । दिलीप नाथ १ रनमा नट आउट रे । 

आज लुम्बिनीका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे । कप्तान रोहित पौडेलले घातक बलिङ गर्दै ह्याट्रिकसहित ३ विकेट लिएर मात्र १२ रन खर्चे । त्यस्तै, शेर मल्लले ४ ओभरमा १८ रन दिएर ३ विकेट हात पारे भने रुबेन ट्रम्पलमानले मात्र २।१ ओभर बलिङ गर्दै ३ रन खर्चेर ३ विकेट लिए । 

प्रकाशित मिति: शनिबार, मंसिर २७, २०८२  १८:२१
प्रतिक्रिया दिनुहोस्