जङ्गली हात्तीको आक्रमणमा ६० वर्षीय पुरुषको घटनास्थलमै मृत्यु

शनिबार, मंसिर २७, २०८२

काठमाडौं  । जङ्गली  हात्तीको आक्रमणबाट ६० वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको छ।

Honor x7 pad

मोरङको सुन्दरहरैचा नगरपालिका–१२ बिराटचोकका ६० वर्षीय भवकृष्ण घिमिरेको घटनस्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरिक्षक राजिव गिरीका अनुसार घिमिरे दूध बिक्रीका लागि स्थानीय डेरीमा जाने क्रममा जङ्गली हात्तीको आक्रमणमा परेका हुन् । 

आज बिहान करिव साढे ६ बजे बिराटचोकस्थित बस्तीको बिचमै घिमिरेलाई हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: शनिबार, मंसिर २७, २०८२  ११:०९
प्रतिक्रिया दिनुहोस्