सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
बाँके । दाङको लमहीमा बस दुर्घटना भएको छ। बस दुर्घटना २२जना यात्रु घाइते भएका छन् ।
जिल्लास्थित लमही नगरपालिका-१ कोडिया पुल नजिक डडेलधुराबाट काठमाडौं जाँदै गरेको ना ८ ख ७४५५ नम्बरको बस आज बिहान ३ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।
दाङ प्रहरीका अनुसार दुर्घटनाका घाइतेहरू सबैको अवस्थामा सामान्य र उनीहरूको लमही अस्पतालमा उपचार भइरहेको छ।
आफ्नै रफ्तारमा रहेको बसक्ल पट्टा भाँचिएपछि बस अनियन्त्रित भएर सडकबाट तल खसेको प्रहरीले जनाएको छ।