सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
लमही (दाङ)। दाङको लमहीमा होटेल सञ्चालक आफ्नै कोठामा मृत अवस्थामा फेला परेका छन् । लमही बजारस्थित होटल अर्घाखाँची एन्ड लजका सञ्चालक ४५ वर्षीय केशवराज खनाल कोठाभित्र मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।
दाङ प्रहरीका अनुसार होटेल सञ्चालक खनाल आफ्नो सुत्ने कोठाभित्रबाट चुकल लगाएको अवस्थामा आज बिहान मृत फेला परेका हुन् ।
परिवारसँगै तीन तले भवनको पहिलो तलामा बस्दै आएका खनाल कोठा भित्रबाट चुकल अवस्थामा मृत भेटिएको घटना आत्महत्या हुन सक्ने प्रहरीले अनुमान गरेको छ।
वडा प्रहरी कार्यालय लमहीले घटनास्थलको सबै मुचुल्का उठाएर शवलाई पोष्टमार्टमका लागि घोराही पठाएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ भने लमही प्रहरीले घटनाको थप अनुसन्धान सुरु गरेको छ।