लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा,जनकपुर बोल्ट्स ४ विकेटले पराजित

शुक्रबार, मंसिर १९, २०८२

काठमाडौँ । लुम्बिनी लायन्स कमब्याक गर्दै नेपाल प्रिमियर लिग एनपीएल टी-२० क्रिकेटको प्लेअफमा पुग्न सफल भएको छ । पहिलो संस्करणमा पुछारमा रहेर लिग सकाएको लुम्बिनी दोस्रो संस्करणमा प्लेअफमा पुगेको हो ।

अहिले लिग चरणको अन्तिम खेलमा साविक विजेता जनकपुर बोल्ट्समाथि ४ विकेटको जित हासिल गर्यो । १३३ रनको चुनौती लुम्बिनीले १९ ओभर १ बलमा   ६ विकेट गुमाएर पूरा गर्यो । 

कप्तान रोहित पौडेलले ३२ बलमा ३४ तथा  डार्सि सर्टले २४ बलमा ३० रन बनाए । 

खेलमा जनकपुरले पहिले ब्याटिङ गर्दै ६ विकेटको क्षतिमा १३२ रन बनायो । संगीथ कोर्रेले ३८ बलमा अविजित रहँदै ४५ रन बनाए । त्यस्तै मायान यादवले २३ बलमा अविजित रहँदै २७ रन जोडे । 

लुम्बिनीका लागि रोहित पौडेल र शेर मल्लले समान २ विकेट लिए । 

प्रकाशित मिति: शुक्रबार, मंसिर १९, २०८२  १९:४१
प्रतिक्रिया दिनुहोस्