मिनी ट्रक दुर्घटनामा चालकले घटनास्थलमै गुमाए ज्यान

शुक्रबार, मंसिर १९, २०८२
Honor 600 pro

बैतडी । बैतडीमा मिनी ट्रक दुर्घटनामा चालकको मृत्यु भएको छ। जिल्लास्थित सुर्नया गाउँपालिका–५ कठेगौँडमा मिनी ट्रक दुर्घटनामा ट्रक चालक नरेश महराको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक बलदेव बडूका अनुसार सुर्नया गाउँपालिका–४ सन्सेरीमाडौँका २९ वर्षीय चालक महराको धनगढीतर्फ जाँदै गर्दा ट्रक सडकबाट तल खसेपछि घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १९, २०८२  १३:३८
प्रतिक्रिया दिनुहोस्