सडक पेटी अतिक्रम हटाउन नेपालगन्ज उपमहानगरले चलायो डोजर

बिहीबार, मंसिर ११, २०८२
honor २२ sept

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले सडकपेटी कब्जा गरी बनाइएका संरचना हटाउन सुरु गरेको छ ।

X7D

प्रारम्भिक चरणमा वीपी चोकदेखि धम्बोझी चोकसम्मको अवैध संरचना हटाउन सुरु गरिएको नेपालगन्ज उपमहानगरपालिकाले जनाएको छ । नगर प्रमुख प्रशान्त विष्ट आफैं उपस्थित भएर अतिक्रमित संरचना हटाउने कार्यको थालनी गरेका छन् । पटक-पटक सार्वजनिक सूचना जारी गरेर सचेत गराउँदा समेत अवैध संरचना नहटाइएपछि डोजर लगाएर संरचना हटाउन थालिएको हो ।

विष्टले नगरको मुख्य सडक 'सुर्खेतरोड' को पश्चिमतर्फ नालादेखि ७ फिट फुटपाथ 'क्लियर' गरी ग्रीनरी र अपांगमैत्री बनाउने योजना रहेको बताए । त्यसका लागि ठेकेदार कम्पनीसंग ठेक्का सम्झौता समेत भइसकेको प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले बताए ।

नगर प्रमुख विष्टले यसपछि क्रमशः धम्बोझी चोकदेखि पुष्पलाल चोकसम्म र गणेशमान चोकदेखि वीपी चोकसम्मको फुटपाथ क्षेत्र पनि 'क्लियर' गरिने स्पष्ट पारे । नेपाल प्रहरी र नगर प्रहरीको उपस्थितिमा डोजर चलाइएको छ । 

प्रकाशित मिति: बिहीबार, मंसिर ११, २०८२  १७:३७
प्रतिक्रिया दिनुहोस्